नेपाल भारत ऊर्जा बैठक आजबाट सुरु
प्रकाशित मिति
२०७८ फाल्गुन ११ गते, बुधबार ११:१४
११ फागुन २०७८, काठमाडौं : नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा सुरु भएको छ । सहसचिवस्तरीय बैठक दिउँसो ३ बजे ह्यात होटलमा बस्ने भएको छ । यस बैठकमा दुई देशबीचको ऊर्जा बैठकमा नेपाल-भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै, नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई उठाउने तयारी गरेको छ ।
सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्ने छन् ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताएका छन् ।






प्रतिकृया