• २६ भदौ २०८३, शुक्रबार
  • १ः३९ राती

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार १२:०३

२१ माघ २०७८, काठमाडौं : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले र चाँदीको ५ रुपैयाँले घटेको हो ।

National Life

आज मूल्यअनुसार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र चाँदी एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७०० रुपैया र चाँदी एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया