• २५ भदौ २०८३, बिहीबार
  • १०ः२६ राती

मोरङ उखुबारी हत्याकाण्डका ३ आरोपी सार्वजनिक

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार १२:१५

२१ माघ २०७८, काठमाडौं : मोरङ उखुबारी हत्याकाण्डका ३ आरोपीलाई प्रहरीले सार्वजनीक गरेको छ । मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका २ जना र ललितपुरको धापाखेलमा एकजनाको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

National Life

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम रहेका छन् ।


मोरङका एसपी जनार्दन जिसीका अनुसार हत्यामा संलग्न मध्येका सिराहाको अनिल मण्डल मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया