• २० भदौ २०८३, शनिबार
  • ५ः४८ बेलुका

क्षयरोगको किटाणु जाँच गर्ने कीट देशभर अभाव

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०२:१३

 क्षयरोगको किटाणु छ कि छैन भनेर पत्ता लगाउने कीट ‘जिन एक्सपर्ट कार्टेज’को अभाव भएको छ।

National Life

यो कीटले खकारको जाँच गरी क्षयरोगको किटाणु छ कि छैन भनेर पत्ता लगाउँछ। उक्त जाँचपछि क्षयरोग पत्ता लागेमा दिइने एउटा महत्वपूर्ण औषधि ‘रेफाम पेसिन’ ले काम गर्ने हो वा होइन भनेर पनि उक्त किटले पत्ता लगाउँछ।

देशैभरि उक्त कीटको अभाव हुँदा बिरामीको सेवा प्रभावित भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीले कार्टेज अभाव भएपछि केन्द्रले ग्लोबल फन्डसँग आकस्मिक अर्डर गरेको बताए।

Classic Tech Desktop

उनले भने, ‘हामीले १० हजार कार्टेज अर्डर गरेका छौं।  वार्षिक एक लाख २० हजार कार्टेज आवश्यक पर्छ।’

केन्द्रले बजेट अभावका कारण आवश्यकता बढी भएपनि गतवर्ष पनि ७० हजार किनेको थियो। जसको कारण पनि अहिले अभाव देखिएको केन्द्रको भनाइ छ।

केन्द्रले यो वर्ष ९५ हजार कार्टेज किन्ने जनाएको छ। ग्लोबल फन्डबाट आउने कार्टेज थप भएको निर्देशक तिंकरीले बताए।

नेपालमा हरेक वर्ष ४५ हजारभन्दा बढी क्षयरोगका बिरामी थपिने गर्छन्। तर, ती सबै उपचारका दायरामा आउन सकेका छैनन्। केन्द्रको तथ्यांकअनुसार गत वर्ष ३२ हजार नयाँ बिरामी फेला परेका थिए।

क्षयरोगका कारण नेपालमा हरेक वर्ष करिब ७ हजारको मृत्यु हुने गरेको छ।


स्वास्थय खबर पत्रिका बाट साभार ।

प्रतिकृया