• २२ भदौ २०८३, सोमबार
  • ५ः२० बेलुका

त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ०२:५६

१७ माघ २०७८, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड १९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।

National Life

जोशीले यसबारे छलफल भइरहेको र बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्ने बताए । आइतबार कोभिड १९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने उनको भनाइ छ ।


कोभिड(१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया