• २७ भदौ २०८३, शनिबार
  • ९ः२९ बिहान

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति दिइने

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०७:११

१२ माघ २०७८, काठमाडौँ : नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

National Life

मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ ।


मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्ने भएका छन् । एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया