• २७ भदौ २०८३, शनिबार
  • १०ः३० बिहान

यी दुई प्रदेशमा हुँदैछ वर्षा, हिमपातको सम्भावना कायमै

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०७:०४

१२ माघ २०७८, काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभरको मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

National Life

देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाले बुधबार बिहान जारी गरेको मौसमी विवरणअनुसार आज बिहान हाल सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको छ।


हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया