• २७ भदौ २०८३, शनिबार
  • ८ः४४ बिहान

७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०७:२०

१२ माघ २०७८, एजेन्सी : बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री । सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् ।​

National Life

भाग्यश्री स् अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार किया’ मा काम गरेर भाग्यश्री रातारात चर्चामा शिखरमा छाएकी थिइन् । तर अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि भने उनले अभिनयबाट बिदा लिइन् । नीतु कपुर स् अभिनेत्री नीतु कपुरले बलिउडमा कयौ सुपरहिट फिल्म दिएकी छन् । अभिनेता ऋषि कपुरसँग विवाह गरेपछि नीतुले अभिनयबाट ब्रेक लिएकी हुन् ।


सोनाली बेन्द्रे स् सोनाली बेन्द्रे एक समय बलिउडकी टप अभिनेत्रीमा पर्दथिन् । २००४ मा विवाह बन्धनमा बाँधिएपछि उनी अभिनयबाट टाढा भइन् । विवाह पछि उनले अभिनय भन्दा फ्यामिली महत्वपुर्ण ठानेकी छन् । असिन स् अभिनेत्री असिनले थोरै समयमा बलिउडमा राम्रो नाम कमाएकी थिइन् । २०१६ मा राहुल शर्मासँग विवाह गरेपछि भने उनी बलिउडबाट टाढा भइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मीनाक्षी शेषाद्र्री स् बलिउड अभिनेत्री मीनाक्षी शेषाद्री एक समयकी टप अभिनेत्री हुन् । चर्चाको शिखर चुमेपछि भने उनले विवाह गरेर अभिनय छाडिन् ।

प्रतिकृया