नागरिकता बनाई दिन्छु भन्दै जनप्रतिनिधिले लिए लाखौँ रुपयाँ घुस
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०७:३८
२९ पुस २०७८ काठमाडौँ : स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङलाई भ्रष्टाचारको आरोप लगेको छ । उनीहरुले नागरिकता बनाई दिन्छु भनी सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको हो ।
घुस लिएको पुष्टि भएपछि निज भिम बहादुर गुरङ र कुल बहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा बिगो रु १ लाख ३५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र घुस बापतको रु १ लाख ३५ हजार सेवाग्राहीलाई नै फिर्ता गर्नु पर्ने छ ।
आरोपित वडाध्यक्ष भिम बहादुर गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ ।








प्रतिकृया