• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

चन्द्रागिरिमा हिउँ खेल्न आन्तरिक पर्यटकको घुइँचो

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार ०७:१४

१४ पुस २०७८, काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । हिउँ खेल्न आन्तरिक पर्यटकहरू चन्द्रागिरिमा पुगेका हुन् । काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने भएकाले पनि यहाँ हिउँ खेल्न पुग्ने पर्यटकको बाक्लो घुइँचो लागेको हो ।


मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । चन्द्रागिरिमा हिँउ खेल्न जानेको संख्या बाक्लो देखिएको छ ।

Kamana Sewa

प्रतिकृया