• २० असोज २०८३, मंगलबार
  • ३ः५९ राती

हुम्लामा हिमपात, दैनिकी कष्टकर

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०१:१९

१० पुस २०७८, काठमाडौँ : हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात भएको छ । हिउँ तीन फिट भन्दा बढी जमेको स्थानीयले बताए । जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी हिउँ परेको छ । हिमपातका कारण हिल्सा, नारा, न्यालुलगायतका ठाउँको आवतजावतमा थप कठिनाइ भएको छ ।

National Life

यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातबाट हुम्लामा अत्यधिक चिसो बढेसँगै सर्वसाधारणको दैनिकी कष्टकर भएको छ ।

प्रतिकृया