• २ असोज २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

न्यायपरिषद्को कमजोरीले जन्ममिति फरक देखिएको न्यायाधीश खड्काको दाबी

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०२:०५

९ पुस २०७८, काठमाडौं : सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले न्यायपरिषद्को त्रुटिवशले आफ्नो जन्म मिति फरक देखिएको दाबी गरेकी छिन् । सोमबार विज्ञप्ति जारी गर्दै खड्काले आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ २ २ नै भएको दाबी गरेकी हुन् ।

National Life

२८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष जनाइएको र त्यो बाहेक कुनै प्रतिलिपी नलिएको उनले बताएकी छिन् । त्यस्तै, सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरू कागजातमा जम्ममिति २०१४\२\ २ नै कायम रहेको उनले खुलाएकी छन् ।


न्याय परिषद् प्रकाशित गर्ने बुलेटिनमा केही वर्ष त्रुटिवश आफ्नो जन्ममिति २०१३\१०\२८ उल्लेख भए पनि त्यसलाई परिषद्ले नै सच्याएको उनको भनाइ छ । उनले आफ्नो जन्ममिति संशय वा भ्रममा नपार्न पर्न अपील गरेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया