• १७ असोज २०८३, शनिबार
  • ७ः२८ बिहान

आगलागी हुँदा ७ वटा चौपाया मरे

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०९:१६

९ पुस २०७८, काठमाडौं : रौतहटको आगलागीमा परी ७ वटा चौपाया मृत्यु भएको छ । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् । मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर आगलागी भएको हो ।

National Life

आगलागीबाट गोठमा रहेको एउटा भैंसी, २ वटा पाडी, २ बाख्रा र २ वटा खसी जलेर मरेका छन् । आगलागीको कारण चौपाया, गोठ र गोठभित्र रहेको अन्न, लत्ताकपडा गरि ४ लाख बराबरको क्षति भएको पीडित बैधनाथ साह कानुले जानकारी दिएका छन्।

प्रतिकृया