• १७ असोज २०८३, शनिबार
  • ६ः५३ बिहान

नेपाली महिला टोली माल्दिभ्ससँग र पुरुष उज्वेकिस्तानसँग खेल्दै

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०९:१९

९ पुस २०७८, काठमाडौँ : एसियन सेन्ट्रल जोनमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज (शुक्रबार) माल्दिभ्सविरुद्ध खेल्दैछ ।बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा बिहान सवा ११ बजे माल्दिभ्सविरुद्व नेपाली टोलीले आज उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक जगदिश भट्टले बताएका छन् । महिला टोलीले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

National Life

आजै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३(० को सोझो सेटमा पराजित भएको थियो ।


राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया