• १८ असोज २०८३, आइतबार
  • ११ः४३ बिहान

भिटामिन सीको कमिले शरीरमा कस्ता हानी ? कस्ता खानेकुरामा पाइन्छन् ?

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०९:०८

९ पुस २०७८, एजेन्सी : भिटामिन सी शरीरका लागि अत्यावश्यक पोषकतत्व हो । यसले ह्वाइट ब्लड सेल्सलाई बढाएर शरीरमा रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यो एक यस्तो एन्टिअक्सिडेन्ट हो जसलाई शरीर स्वयंले बनाउँदैन । यसको कमीले हड्डी, छाला र मुटुसँग जोडिएको नसामा हानी पुग्छ । त्यसैले भिटामिन सीले भरिपूर्ण खाना र सप्लिेमेन्ट (पुरक) लाई आफ्नो भोजनमा समावेश गर्नुपर्छ ।

National Life

शरीरमा भिटामिन सीले के काम गर्छ ?
भिटामिन सी एउटा यस्तो पोषक तत्व हो जुन पानीमा घोलिन्छ । यसैले शरीरमा यसको पर्याप्त मात्रा बनाइराख्न यसको दैनिक सेवन गर्नुपर्छ । भिटामिन सीले प्रोटिनलाई बचाई राख्न सहयोग गर्छ । यसको एन्टिअक्सिडेन्ट गुणले क्यान्सर हुने सम्भावनालाई पनि कम गछ । यो पोषक तत्वले सासप्रश्वास सम्बन्धि गम्भीर संक्रमण र टिबीको रोग लाग्नबाट पनि जोगाउँछ ।


भिटामिन सीको प्राकृतिक स्रोत
सुन्तला, कागती, किवी, चेरी, ब्लूबेरी, गोलभेडा र ब्रोकाउलीमा भिटामिन सी सर्वाधिक पाइन्छ । यसका अलावा चुकन्दर, बन्दाकोभी, अमला, सलगम, मुलाको पात र खुर्सानीमा पनि भिटामिन सी पाइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भिटामिन सीको कमीको लक्षण
छाला सुख्खा हुने, गिजाबाट रगत आउने, शरीरमा रगतको कमी, घाउ भरिनमा लामो समय लाग्ने, कपाल सुख्खा हुनु, प्रतिरोधात्मक क्षमतामा कमी आउने, जोर्नीमा दुखाई र दाँतमा कमजोरी भिटामिन सीको कमीको प्रमुख लक्षण हुन् । यस्ता समस्या छन् भने आफ्नो भोजनमा भिटामिन सीको मात्रा बढाउनु आवश्यक छ ।


अधिक मात्रामा भिटामिन सी पनि हुन सक्छ खतरनाक
भिटामिन सीको अधिक मात्रामा सेवन पनि हानीकारक सावित हुन सक्छ । यसले शरीरमा आइरन बढ्न सक्छ । साथै पेट खराब हुनु, बान्ता लाग्नु, टाउको पोल्ने र दुख्ने हुन्छ । यसका साथै यसले निद्रा नलाग्ने समस्या पनि निम्त्याउन सक्छ ।

प्रतिकृया