• २ असोज २०८३, शुक्रबार
  • ४ः४३ बेलुका

८ पटक खोप लगाइसकेका युवक पक्राउ, नवौँ पटक लगाउन जाँदा स्वास्थ्यकर्मीले चिने

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०१:१७

८ पुस २०७८ काठमाडौं : पश्चिम युरोपको देश बेल्जियममा खोपमा हुने बेइमानी बारे अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक युवकलाई ८ पटक खोप लगाएको आरोपमा पक्राउ गरिएको छ । अचम्मको कुरा के छ भने युवक नवौँ पटक खोप लगाउन खोप केन्द्र जाँदा उनलाई पक्राउ गरिएको हो ।

National Life

यो अचम्मको घटना वलुन प्रान्तको २ लाख जनसंख्या भएको शर्लराय शहरको हो । यहाँ एक युवकलाई पैसा दिएर अरुको नाममा खोप लगाएको आरोपमा पक्राउ गरिएको हो । बेल्जियम मिडिया लावेनिरको रिपोर्ट अनुसार आरोपी यस्ता व्यक्तिलाई सम्पर्क गर्दथे जो भ्याक्सिन नलगाइकनै खोपकार्ड चाहन्थे । यस्ता व्यक्तिबाट मोटो रकम लिएर आरोपी उनीहरुको स्थानमा गएर खोप लगाउने गर्दथे । लगातार खोप लगाएका कारण स्वास्थ्यकर्मीले नवौँ पटक उनलाई चिन्न सफल भए र त्यसपछि उनीहरुले प्रहरीलाई यसबारे सूचना दिए ।


शरीरमा कुनै नकारात्मक असर छैन

Classic Tech Mobile
Classic Tech Desktop

बेल्जियमका प्रहरीले आरोपीबाहेक ती व्यक्तिकामे नामबारे पनि जानकारी दिएको छैन जसले आरोपीलाई खोप लगाएबापत् पैदा दिएका थिए । यति धेरै खोप लगाएता पनि आरोपीको शरीरमा यसको कुनै दुष्प्रभाव थिएन ।

(एजेन्सी)

प्रतिकृया