लिड्स युनाइेटलाई ७ गोलले हरायो म्यानचेष्टर सिटीले
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०९:३०
२९ मंसिर , २०७८ काठमाडौं : म्यानचेष्टर सिटीले लिड्स युनाइेटलाई ७ को गोल अन्तरले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले युनाइटेडलाई फराकिलो गोल अन्तरले हराएको हो। सिटीलाई जिताउन केभिन डे ब्रुएनले दुई, फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महरेज, जोन स्टोन्स र नाथन एकेले एक एक गोल गरे।
खेलको १३ औं मिनेटमा ग्रेलिसले सिटीको अग्रता दोब्बर बनाएका थिए। त्यस्तै ब्रुएनले ३२ औं मिनेटमा गोल गर्दै सिटीलाई ३ को अग्रता दिलाए। ४९ औं मिनेटमा महरेजको गोलले ४ ले अगाडि रहेको सिटी खेलको ६२ औं मिनेट ब्रुएनको दोस्रो गोलसँगै ५ को फराकिलो गोल अन्तर कायम गर्न सफल भयो ।
खेलको ७४ औं मिनेटमा जोन्स र ७८ औं मिनेटमा एकेले गोल गरेपछि सिटी ७ को जित निकाल्न सफल भयो । योसँगै १७ खेलमा ४१ अंक जोडेको सिटीले लिगमा ४ अंकको अग्रता बनाएको छ। लिड्स १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।








प्रतिकृया