• १९ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

‘विवाह गर्न चिना होइन, भावना मिलाउनु पर्छ’

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०९:३०

२४ मंसिर, २०७८ काठमाडौँ : मंसिर विवाहको महिना हो । यस महिनामा धेरै युवायुवतीले वैवाहिक जीवनको यात्रा शुरु गर्छन् । दाम्पत्य जीवनको शुरुवात आफैंमा नौलो अनुभव पनि हो । संसारमा विभिन्न तरिकाले विवाह गर्ने प्रचलन छ । नेपाली समाजमा मुख्यतः दुई प्रकारले युवायुवती विवाह बन्धनमा बाँधिने गर्छन्, मागी विवाह र प्रेम विवाह । अहिले प्रेमपछि घरपरिवारमा मागेर विवाह गर्ने चलन पनि बढिरहेको छ ।

National Life

प्रेम होस् वा मागी विवाह दुवैका सबल र कमजोर पक्ष छन् । तर एकअर्काको सम्मान, आकांक्षा र माया बुझ्न सके जुनसुकै तरिकाले विवाह गरेपनि दीर्घकालीन हुने समाजशास्त्रीहरु बताउँछन् । समाजशास्त्री पुष्प राई मागी विवाह परिवारको स्वीकृतिमा गरिने भएकाले यसले सोझै सामाजिक वैधता पाउने गरेको बताउँछन् । प्रेमविवाह केटाकेटीको सहमति नै मुख्य हुने हुँदा यसमा परिवारको भूमिका कम देखिन्छ ।


उनीहरुको आनीबानी, स्वभाव र चरित्र मिल्दैन । यी सबै कुरालाई व्यवस्थापन गरेर लगे मागी र प्रेम दुवै विवाहको आयु लामो हुन्छ ।’ समाज, घरपरिवार, धर्म-संस्कृति लगायतका कुराले पनि वैवाहिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छन् । मागी विवाह गर्ने जोडीमा शुरुशुरुमा भावनात्मक सम्बन्ध गाह्रो हुने समाजशास्त्री बताउँछन् । प्रेम विवाहमा पहिलेदेखि नै एकअर्काको बानीव्यवहार र सोच थाहा हुने भएकाले तुलनात्मक रुपमा सहज हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रेम विवाह स्वतन्त्र हुने भएकाले यो अलि सहज हुने राईको तर्क छ । मागी विवाहमा सामाजिक प्रतिष्ठा, पारिवारिक मूल्य मान्यता र आदर्शमा आँच ल्याउनु हुन्न भन्ने डर घुसेको हुन्छ । तर प्रेम विवाह स्वतन्त्र हुन्छ,’ उनी भन्छन्, ‘स्वतन्त्र भएकाले प्रेम विवाह गर्नेहरुको सम्बन्धविच्छेद हुन पनि समय लाग्दैन ।’


एकअर्कासँग नजिक भएर शुरु हुने भएकाले प्रेम विवाहमा बढी जिम्मेवारीबोध हुने मनोविद् गोपाल ढकाल बताउँछन् । मागी विवाह तेस्रो व्यक्ति (लमी)को माध्यमबाट हुने हुँदा यसमा शिक्षा, सुन्दरता, स्वभावजस्ता कुराले प्राथमिकता पाउने उनको भनाइ छ । मागी विवाहभन्दा प्रेम विवाहमा आपसी टकराव बढी हुने देखिन्छ । प्रेम सम्बन्धमा रहेको बेलाको व्यवहार विवाहपछि परिवर्तन हुँदा दम्पतीबीच फाटो आउन थाल्छ । जसका कारण प्रेम विवाह गर्नेहरु समझदार हुन आवश्यक रहेको उनी बताउँछन् ।


भूगोल, संस्कृति, भाषा र परम्पराले पनि विवाहमा असर पार्ने मनोविद् ढकाल बताउँछन् । प्रेम विवाह गर्ने जोडीबीच यी कुरा फरक पर्न जाँदा पनि सम्बन्धमा चिसोपन आउने गरेको उनको बुझाइ छ । यस्तै मागी विवाहमा पनि महिलाका लागि नयाँ घरपरिवार, नयाँ परिवेश र चालचलनमा ढल्न पनि गाह्रो पर्छ ।


आफ्ना बढ्दो आकांक्षलाई पति वा पत्नीले नबुझ्दा पनि पारिवारिक समस्या बढ्दै गएको मनोविद् ढकाल बताउँछन् । एकअर्काको भावनाको कदर, सम्मान र सहकार्य विवाहित जोडीका लागि आवश्यक पाटो भएको उनी सुझाउँछन् । मागी विवाहमा विस्तारै माया बढ्दै जाने र एक अर्कालाई बुझ्न समय लाग्ने हुन्छ ।


तर प्रेम विवाहमा पहिल्यै परिचित हुने हुँदा अप्ठ्यारो कम हुन्छ । मनोविद ढकाल भन्छन्, ‘विवाह गर्दा चिना मिलाउने भन्दा भावना मिलाउनुपर्छ ।’ मागी विवाह गरेको दम्पतीबीच कुनै समस्या आए दुवै तर्फका परिवारले समाधानका लागि सहयोग गर्छन् । प्रेम विवाह गरेका जोडीमा कुनै असझदारी भए ‘तिमीहरुको समस्या आफैं मिलाऊ’ भनेर परिवारका सदस्यहरु पन्छिने गरेको पनि समाजशास्त्री बताउँछन् ।


पितृसत्तात्मक समाजका कारण पनि वैवाहिक जीवनमा धेरै प्रभाव पारेको राईको बुझाइ छ । श्रीमानलाई भगवान जसरी पुज्नुपर्ने, उसका कुरा काट्न नहुने, सानो भएर बस्नुपर्ने जस्ता प्रचलनले विवाहलाई अस्वस्थ बनाएको समाजशास्त्री राईको तर्क छ ।


अहिले महिलाहरु धेरै अगाडि बढिसके पनि नेपालजस्तो मुलुकमा पत्नीलाई पतिले अझ बढी सहयोग गर्नुपर्ने हुन्छ । मानिसलाई बुझ्ने काम निक्कै जटिल हन्छ । प्रेममा पर्दादेखि विवाह गरेपछि अझै राम्रोसँग एकअर्कालाई बुझ्न सकिन्छ । एकअर्कालाई बुझ्नका लागि प्रेम सम्बन्ध महत्वपूर्ण विषय हो ।


मनोविद् ढकाल वैवाहिक स्थितिलाई शारीरिक सम्बन्धको अवस्थाले पनि फरक पार्ने बताउँछन् । यौनलाई अनुशासित ढंगले लैजाने हो भने वैवाहिक जीवन सुखी हुने उनको सुझाव छ । यस्तै आपसी समझदारी, सम्मान, अनुशासन र इमान्दारिता सफल वैवाहिक जीवनका सूत्र हुन् ।


मनोविद् ढकाल भन्छन्, ‘महिला र पुरुष फरक लिंग हुन् । उनीहरुको आनीबानी, स्वभाव र चरित्र मिल्दैन । यी सबै कुरालाई व्यवस्थापन गरेर लगे मागी र प्रेम दुवै विवाहको आयु लामो हुन्छ । स्वार्थ होइन भावनाले जोड्ने सम्बन्धले जीवनमा सकारात्मक नतिजा ल्याउँछ ।’

प्रतिकृया