• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

ज्योतिषको साइतमा कांग्रेसको महाधिवेशन : तिथि, नक्षत्र, योगा र चन्द्रमा सबै हेराइयो

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०९:३७

२४ मंसिर, २०७८ ,काठमाडौं : नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४ औँ महाधिवेशनको उद्घाटन ज्योतिषको साइतमा गर्ने भएको छ ।

National Life

काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।


‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ उनले भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’ महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्‍तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए ।


उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।

प्रतिकृया