• २ असोज २०८३, शुक्रबार
  • ५ः४५ बेलुका

सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई न्यानो कम्बल बितरण

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०३:३४

२३ मंसिर २०७८, काठमाडौं : सेञ्चुरी कमर्सियल बैँकले सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई न्यानो कम्बल बितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जाडो मौसमको मध्यनजर गर्दै सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको हो ।

National Life

सेन्चुरी बैंकले काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मि प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई एक समारोहकावीच न्यानो कम्बल बितरण गरेको हो ।


उक्त कार्यक्रममा लक्ष्मि प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक ईश्वर रानाभाट लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

प्रतिकृया