• १७ असोज २०८३, शनिबार
  • ८ः३८ बिहान

न्युजिल्याण्डलाई हराउदै भारतको शानदार जीत

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ११:२१

मंसिर २०, २०७८,काठमाडौं : मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको दोस्रो तथा अन्तिम टेस्टमा भारतले न्युजिल्याण्डलाई ३ सय ७२ रनको विशाल अन्तरले पराजित गरेको छ । भारतले न्युजिल्याण्डसामु जितका लागि ५ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, किवी टोली मात्र १ सय ६७ रनमा समेटियो ।

National Life

टेस्ट क्रिकेटमा रनको हिसाबमा भारतको यो सबैभन्दा ठूलो जीत पनि हो ।


न्युजिल्याण्डलाई सस्तोमा समेट्न रवीचन्द्र अश्विन र जयन्त यादवले ४–४ विकेट लिए । न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक ४४ रन बनाए । हेनरी निकोलसले ४४ रन बनाउँदा विल यङले २० रनको योगदान दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि, भारतले पहिलो इनिङ्ग्समा ३२५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड मात्र ६२ रन मा अलआउट हुन पुगेको थियो । भारतले दोस्रो पारीमा ७ विकेटको क्षतिमा २७६ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो ।

प्रतिकृया