• २२ भदौ २०८३, सोमबार
  • १२ः५४ राती

लोकसेवा विज्ञापन विवादको सुनुवाई पुनःसर्यो

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०४:२३

 

National Life

लोकसेवा विज्ञापन विवादको सुनुवाई पुनः सरेको छ ।

बुधबार सुनुवाई हुने बताइएपनि राज्य व्यवस्था समितिलाई सूचना नपुगेको भन्दै आइतबारका लागि सारिएको हो ।लोकसेवा आयोगको विज्ञापन रोक्न र करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन कानून विपरीत भन्दै अधिवक्ता राजाराम घिमिरेले राज्य व्यवस्था समितिलाई विपक्षी बनाई रीट दायर गरेका थिए ।

Classic Tech Desktop

सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रिटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको छ । तर अन्तरिम आदेशको छलफलका लागि समितिका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

आज न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।

प्रतिकृया