• २ असोज २०८३, शुक्रबार
  • ३ः२९ दिउँसो

एनएमबि बैंकले पायो बैंक अफ दी एसिया अवार्ड

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०५:५८

१७ मंसिर २०७८, काठमाडौं: एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । द फाइनान्सियल टाइमसको ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदान गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबि बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

National Life

यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यसपटक ‘बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो । नेपालमा यो अवार्ड प्राप्त गर्ने बैंकमै एनएमबि पहिलो भएको छ ।


बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुकको सर्वोत्कृष्ट बैंक बन्नु सबैको जित भएको बताए । “बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो” उनले भने । संयुक्त लगानीको यस बैंकमा नेदरल्यान्डको एफएओको लगानी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया