• १८ असोज २०८३, आइतबार
  • १०ः१५ बिहान

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार १२:१९

१० मंसिर २०७८, काठमाडौं : आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

National Life

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले आज मलेसियाविरुद्ध जित हात पार्नुपर्ने दबाब रहेको छ ।


छनोट अन्तर्गत नेपालले तीन मध्ये दुई खेलमा जित तथा एक खेलमा पराजित हुँदै ४ अंक जोडेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, नेपालले एसिया छनोट अन्तर्गतको पाँचौँ खेलमा आइतबार यूएईविरुद्ध खेल्नेछ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिकृया