दुई करोड बराबरको रक्तचन्दनको तेलसहित १० जना पक्राउ
प्रकाशित मिति
२०७८ मंसिर १० गते, शुक्रबार १२:३९

१० मंसिर २०७८, काठमाडौं : प्रहरीले दुई करोड रुपैयाँ बराबरको ३३ लिटर रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार ग्राहकसँग बिक्री गर्न डिल गरिरहेको अवस्थामा काठमाडौं तिलगंगाबाट पक्राउ गरको हो ।
खोटाङ हलेसी नगरपालिका ६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने घनश्याम आलेमगर (२३), हलेसी ९ घर भई चाबहिल बस्ने जीवन थापा (२०), तनहुँ भानु नगरपालिका ६ घर भई सामाखुसी बस्ने सुदीप भट्टराई (२५), काठमाडौं छाउनी घर भइ बस्ने अनिल चरण बस्नेत (५३), सोही ठाउँमा बस्ने अनुप कुमार श्रेष्ठ, सिन्धुली ४ घर भइ हाल काठमाडौं बानियाटार बस्ने हेम कुमार श्रेष्ठ (५०), मकवानपुर गढि १ घर भइ हाल ललितपुर सानुगाउँ बस्ने मंगल सिंह (३९ वर्षिय), काठमाडौं टोखा ४ घर भइ बस्ने ईक्रम बिष्ट (३७), काभ्रे बनेपा घर भइ भक्तपुर दुवाकोट बस्ने कार्साङ लामा (३१ वर्षीय) र काठमाडौं तिलगंगा घर भइ बस्ने मनद पोडेँ (५१ वर्षीय) पक्राउ परेका छन् ।
महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार रक्तचन्दन बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । रक्तचन्दनको तेलको प्रतिलिटर पाँच लाख रुपैयाँ पर्ने पंगेनीले जानकारी दिए ।
प्रतिकृया