• १९ असोज २०८३, सोमबार
  • ७ः३३ बेलुका

ललितपुरमा ट्याक्सी चालकहरुको निःशुल्क दन्त परीक्षण

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०१:१४

६ मंसिर २०७८, काठमाडौँ : काठमाडौँमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुविधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निशुल्क दन्त शिविरको आयोजना गरेको छ।

National Life

कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा दन्त शिविर आयोजना गरेको हो। सो दन्त शिविरमा करिब एकसय जना ट्याक्सी चालकको दन्त परीक्षण गरिएको थियो।


मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले मेट्रो अनलाइन ट्याक्सीको मोबाइल एपमा आबद्ध चालकहरुको दन्त परीक्षण शिविर सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार आगामी दिनमा यस्ता कार्यक्रम मासिक रुपमा उपत्यकाभर सञ्चालन गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरुसमेत निःशुल्क प्रदान गरिएको तामाङले बताए।
शिविरमा हाम्रो डेन्टल क्लिनिकका चिकित्सक डा सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए।


मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ। यसको लागि गुगल प्लेस्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ।


मेट्रो अनलाइन ट्याक्सीमा ५ हजारभन्दा बढी ट्याक्सीहरु आवद्ध रहेको तामाङले जानकारी दिए। उनका अनुसार मेट्रो अनलाइन ट्याक्सी नेपालकै ठूलो ट्याक्सी नेटवर्क हो।

प्रतिकृया