• २० असोज २०८३, मंगलबार
  • ३ः१९ दिउँसो

बार्सिलोनाले खेर फाल्यो ३ गोलको अग्रता

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ११:०३

२१ कातिर्एक, २०७८ काठमाडौँ : स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले सेल्टाभिगोविरुद्ध तीन गोलको अग्रतासमेत खेर फालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग तीन/तीन गोलको बराबरी खेलेको छ ।

National Life

सेल्टाभिगोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । उसका लागि पाँचौं मिनेटमा एन्सु फाती, १८औं मिनेटमा सर्जिओ बुस्केट र ३४औं मिनेटमा डिपेएले गोल गरेका थिए ।


तर दोस्रो हाफमा सेल्टाभिगोले तीन गोल फर्कायो । ५२औं मिनेटमा लागो आस्पासले गोल गरे भने ७४औं मिनेटमा नोलिटोले । खेलको इन्जुरी टाइमको अन्तिममा आस्पासले दोस्रो गोल गर्दै सेल्टाभिगोलाई हारबाट जोगाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बराबरीसँगै बार्सिलोना १२ खेलबाट १७ अंकका साथ नवौं स्थानमा छ भने सेल्टाभिगो १२ अंकका साथ १५औं स्थानमा छ । लिग लिडर रियल मड्रिडको २७ अंक छ ।

प्रतिकृया