१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने दिनेश विश्वकर्मा पक्राउ
प्रकाशित मिति
२०७८ कार्तिक ५ गते, शुक्रबार १२:४८
ठगी गरेको अभियोगमा १ जना पक्राउ
५ कार्तिक, २०७८ काठमाडौँ : अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग बिकेशले नगद ३ हजारर३ हजार ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको
जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
गाई गोठमा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
पर्सा, पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका(३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातु सहित पक्राउ
सुनसरी, धरान उपमहानगरपालिका-२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनजस्तो देखिने ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र धातु सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेकोभन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिकृया