सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते
प्रकाशित मिति
२०७८ कार्तिक ४ गते, बिहीबार १०:४५
४ कार्तिक, २०७८ काठमाडौँ : सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् । आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो ।
त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।
Recent News
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया