अलपत्र पर्यटकको उद्धार गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
प्रकाशित मिति
२०७८ कार्तिक ४ गते, बिहीबार १०:३१
४ कार्तिक, २०७८ काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।
‘लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला’, गृहमन्त्री खाँणले भने ।
वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।
Related
Recent News
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया