• १९ असोज २०८३, सोमबार
  • २ः५८ दिउँसो

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०१:००

३१ असोज, २०७८ काठमाडौँ :   म्यानमार-दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो ।

National Life

आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । अहिलेसम्म आसियानका सदस्य राष्ट्रले एक अर्कोलाई हस्तक्षेप गरेका थिएनन् ।


म्यानमारको उथलपुथल अशान्ति अन्त्य गर्न त्यहाँको सेनाले केही पहल नगरेको आसियानले जनाएको छ । अगस्टमा जनरल मिनले आफूलाई प्रधानमन्त्री घोषणा गर्दै सेना र लडाकुबीचको युद्ध जारी रहेकोले त्यहाँ लगाइएको संकटकाल अझै लम्बिन सक्ने संकेत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी २६ देखि २८ अक्टोबरसम्म ब्रुनाईमा आयोजना हुने आसियान सम्मेलनमा म्यानमारका सरकार प्रमुखलाई सहभागी हुन दिने कि नदिने भन्ने बारेमा शनिबार आपतकालिन बैठक बसेको थियो । बैठकमा म्यानमारलाई सहभागी गराउने विषयमा कुनै सहमति ननिस्कएको आसियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


म्यानमारका सैनिक नेताहरूले वार्ता नगरेको र देशमा तनाव अन्त्यका लागि कुनै पहल नगरेको आसियानले आरोप लगाएको छ । यसअघि आसियानका प्रतिनिधिले घरमै नजरबन्दमा रहेकी नेतृ आङ सान सुचीलाई भेट्न खोज्दा त्यहाँको सेनाले अनुमति दिएको थिएन ।


म्यानमारको राजनीतिक अवस्थाले क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको छविमा असर गरेको ब्रुनाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको आसियान सम्मेलन ब्रुनाईले आयोजना गर्दै छ ।


जुलाईमा आसियानले म्यानमारका जनरललाई दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न अनुरोध गरेको थियो । तर,आसियानको अनुरोधलाई म्यानमारले बेवास्ता गरेको थियो । सरकारलाई बहिस्कार गर्ने आसियानको निर्णय म्यानमारका सेनालाई ठूलो धक्का हुने विश्लेषकहरुले टिप्पणी गरेका छन्

प्रतिकृया