इतिहास रच्दै अन्तरीक्षमा चलचित्र छाँयाकन गरेर फर्कियो रुसी यान
प्रकाशित मिति
२०७८ आश्विन ३१ गते, आईतवार ०४:११
एजेन्सी,
३१ असोज, २०७८ काठमाडौँ : रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो ।
अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा फर्किएको छ । सोयुज एम एस १८ अन्तरीक्षयान अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा १२ दिन रहेर फर्किएको हो ।अन्तरीक्ष यान काजकस्तानमा अवतरण गरेको हो । काजक शहरको जेजकाजनबाट १४८ किलोमिटर उत्तरपूर्वमा यान उत्रिएको हो ।
यानमा नायिका युलिया पेरेशिल्ड र चलचित्र निर्देशक क्लिम सिपेन्को समेत थिए । यानमा रुसी अन्तरीक्षयात्री एन्टोन स्क्काप्लेरोभ, ओलेग नोभिटस्किी र प्योटर डुब्रोभ पनि थिए ।
प्रतिकृया