स्टार खेलाडीहरूले भरिएको पीएसजीलाई रेनले बजाए बाजा
प्रकाशित मिति
२०७८ आश्विन १८ गते, सोमबार १०:००
१७ असोज, २०७८ एजेन्सी : पेरिस सेन्ट जर्मेन लिग वानमा रेनसँग स्तब्ध बनेको छ । स्टार खेलाडीहरूको भरिपूर्ण टोली आइतबार भएको खेलमा २–० ले पराजित भएको हो । खेल अवधिभर पीएसजीले गोलका लागि १० वटा प्रहार गरे पनि एउटै पनि प्रहार लक्ष्यमा पुग्न सकेन ।
पहिलो हाफको अन्त्यतिर गाइटान लाबोड्रेले गोल गर्दै रेनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै फ्लाभियन टेट अर्को गोल थप्दै रेनको अग्रता दोब्बर बनाए । खेलको ८२ मिनेटमा रेनले पेनाल्टी पनि पाएको थियो । तर, भिडियो एसिस्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएको थियो ।

निरस खेल प्रदर्शन गरेको पीएसजीले गोलका लागि थुप्रै प्रयास गरे पनि रेनका गोलकिपरलाई परीक्षण नै गर्न सकेन । पीएसजीले यो सिजन लिगमा पहिलोपटक हार बेहोरेको हो । पराजयका बाबजुद ९ खेलपछि पीएसजी २४ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

Related
Recent News
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया