• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

आधुनिकताले विथोल्दै परिवार संरचना, समाजमा जेष्ठ नागरीक अभिषाप कि बरदान ?

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०२:१४

डा केदार कार्की १५ असोज, २०७८ काठमाडौँ : एउटा परिवार भन्नाले एउटै छानामुनी बस्ने बुवा, आमा,दााजु, भाई छोरा, बुहारी, दिदी, बहिनी, नाती, नातिनी समेतलाई मानिन्छ। भनिन्छ सुखद पारिवारिक संबन्ध भन्दा उत्तम कुनै संबन्ध हुदैन। यी सबै एउटा प्राकृतिक अलिखित सद्भावले बाधिएका हुन्छन । मानव सभ्यताको उदयको इतिहास सँगै परिवार भन्ने शब्द गाँसिएको छ। परिवार र स्वास्थ्यलाई हेर्नेहो भने यसलाई स्वस्थ्य पारिवारिक जीवन एव सुखद् सभ्य सामाजीक संरचनाको अंग पनि मानिएको छ।


पश्चिमी सभ्यताको प्रभावले हाम्रा प्रचलित पारिवारिक संस्था खलबलीन पुगेको महसुस हुनथालेको छ। आज पारम्परिक पारिवारीक व्यवस्थाभन्दा धन तथा बैभव प्रमुख मानिएको सामाजिक अवधारणाले व्यक्तिलाई पारिवारिक दायराबाट टाढा पुर्‍याउँदै छ।

Kamana Sewa

पछिल्लो पुस्ता सुखद् भविष्यको सपना बोकेर हिड्नेहरु हिजोको त्यो संयुक्त पारिवारिक परिवेशको साटो छुट्टै अस्तित्वमा रमाउन चाहन्छ। संयुक्त पारिवारिक परिवेशमा रहँदा बाधिनुपर्ने केहि शर्तहरुका कारण परम्पराबाट पन्छिन खोजिरहेका छन्। खासगरी आजका शिक्षित एवं स्वतन्त्र महिलाहरु पारिवारीक विखण्डनलाई आज एउटा सुनौला अवसर ठानिरहेका छन्। यस प्रवृतिले ढिलो चाडो भएपनि समयले एउटा तितो सत्य ओकल्छ आँफैमाथि प्रतित्पादन नबन्ला भन्न सकिन्न । यस परिस्थीतीले तीनका सन्ततिले भोग्नु पर्ने एकान्तपन र अभिभावक विहिनताको परिस्थीती देखिने पक्का छ।

Classic Tech Desktop

हिजोको पारम्परीक परिवेशमा पति पत्नी विच सम्बन्ध विच्छेद कल्पना सम्म गर्न सकिन्न थियो। आजको छापामा देखिए जस्तै कामकाजी पुरुष तथा महिला दुवै साथी संगीको सल्लाहमा लिने यस्ता निर्णय कति यथार्थपरक होला ? यसबाट समाज शास्त्रीहरु पनि दिग्भ्रमित छन्। आज प्रत्येक व्यक्ति चाहे ती पुरुष हुन वा नारी अति महत्वकाक्षी भई आत्मकेन्द्रित भएका छन । परिवार अनि समाजलाई विर्से हिजोको दिन जब नारी एक कुशल गृहणीका रुपमा थिईन त्यसबेला परीवार निश्चिन्त थियो।


एउटा अशिक्षित आमाले आफ्ना सन्ततीलाई जति स्याहार सुसार गर्छिन्त्यो कुनै व्यवशायीक नर्सिग होमका दक्ष नर्स तथा सुसारेहरुले गर्न सक्दैनन् । त्यसरीनै परिवार समाल्न हमिला अर्थात आमा जति सक्षम अरु हुनै सक्दैन।तर तिव्रगतिमा बढ्दो आकक्षाले गर्दा एकल आय आर्जन एवं शिक्षाको सामान अवशरका कारण जव नारी आत्मनिर्भर हुन आफ्नो कार्य क्षमता प्रदर्शन गर्ने कार्यक्षेत्रमा ओर्लिदा उनमा हिजोको परम्परागत गृहणीको भुमिका स्वीकार्य हुन सकेन । जस्ले गर्दा उनीहरु हिजोको त्यो अर्धाङगिनी, बुहारी अनि मातृत्वबाट पन्छिन प्रयासरत रहन्छीन जस्को मनोबैज्ञानिक असर सन्ततीले भोग्न परेको स्थिति आजको समाजमा छ।


नत्र किन लागु पदार्थ जन्य र्दुव्यशनीहरु प्रायःजसो संभ्रान्त परिवारका हुने गर्दछ। उपभोक्तावादी एकाकीपनको अर्को पाटो परम्परागत पारीवारिक संरचनाको विघटन, पारिवारिक सदभाव, परम्परागत सामाजिक मुल्य मान्यताको अवमुल्यनका रुपमा देखा परेका छन। आधुनिक जीवनशेैली, सामाजिक परिवेशका कारण आज परिवारको साटो व्यक्ति आत्मकेन्द्रित हुन पुगेको छ।


हिजोका पारिवारीक चाडपर्वमा जनाइने आत्मियता सौहार्दता आजको परिवेशमा आत्मकेन्द्रित हुन पुगेको छ। आज मानिस आफु बाहेक परिवारका अन्य सदस्य प्रति सकभर जिम्मेवार हुन नपरोस भन्ने चाहान्छ।हालको परिप्रेक्षमा एकै परिवारका सदस्यहरु विच आत्मीयताको साटो एकाकीपन बढदै गएको छ।

अर्को तर्फ परिवारमा बृद्ध–बृद्धाहरु उपेक्षित हुन पुगेका छन। धन्न आजको संचार माध्यमले गर्दा संगै नबस्दा पनि औपचारिकताका लागी, आकल झुकल सम्झना विर्सनाका साहनाभुती पूर्वक सम्पर्क हुने गरेको छ। केहि गरि परिवारका वृद्ध वृद्धाहरु सँगै बसेका भए तिनिहरु प्रतिको व्यवहार साना नानीहरुको स्याहार सुसार गर्ने धाई सुसारे सरह व्यवहार गरिनु पिडादायी छ। एउटा सयुक्त परिवारले पूर्ण सामाजिक सुरक्षा त दिन्छ नै त्यस बाहेक आजका कामकाजी बाबु आमाका सन्ततीको हेरचाह पनि ती हजुरवुवा हजुरआमा भन्दा अरुले गर्न सक्तैनन्। त्यस्तै प्रौढ निवृत जीवन निर्वाह गर्नेहरुले एउटा मनोबैज्ञानिक उपचार मात्र गर्दैन बरु कतिपय पारिवारीक अन्तरद्वन्द्धमा एउटा सहजकर्ताको भुमिका निर्वाह गर्दछन। जसको कुनै मुल्याङकन नै हुँदैन।


आजको आधुनीक जीवन शैलीको कारण बृद्ध–बृद्धाहरु लाई व्यर्थको आर्थिक बोझ पनि सम्झने, अनि कति बाँचि राखेका भन्ने जस्ता गैह्र मानवियता समेत देखिन थालेको छ। तीनको अनुभव, तीनको सहनशिलता अनि आफ्ना नाती नातीनी प्रतिको वात्सल्यताले तीनले आफ्ना कार्यक्षेत्रमा व्यस्त बाबु आमा भन्दा बढि माया एवं हेरचाह पुर्‍यान सक्तछन जसको कुनै लेखाजोखानै छैन।


हाम्रो समाजमा प्रौढ, एवं बृद्ध बृद्धा प्रति गरिएका व्यवहारमा क्रमशः हाम्रो सोचमा परिवर्तनका लक्षण देखा पर्न थालेको छन्।
जसरी ६०–७० को दशकमा पश्चिमी मुलुक यसै परिस्थितिबाट हिडेको थियो। आज उनीहरु पनि संयुक्त परिवार तर्फ उन्मुख भएका छन। हाम्रो आफ्नो परिवेश पनि त्यस तर्फ उन्मुख हुने तरखरमा छ। जस्ले गर्दा सर्वत्र विखण्डीत हाम्रा सामाजीक परम्परागत पारिवारीक मुल्य मान्यता पुर्नजिवीत हुने संभावना तर्फ इंकित गर्दछ।


तर हाम्रो सामाजिक परिवेशमा तिव्र बेगमा बगेको आधुनिक आत्मकेन्द्रित महत्वाकांछी प्रतिस्पर्धाको तुलनामा यो क्रम त्यती
चाडै नै सफल हुने संभावना कमनै छ। केही समय त लाग्ला नै तर यसबारे बेलैमा सोच्नु पर्ने बेला पो आइसक्यो कि? हाम्रा जेष्ठ नागरीक प्रति सम्मान गर्ने अनि जुन पिढीले आज हामीलाई यहाँ सम्म पु्र्‍याउन मद्दत गर्‍यो त्यसलाई बोझ नठानौं ।

प्रतिकृया