• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

अनअराइभल भिसा खुला

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०७:५२

८ असोज, २०७८ काठमाडौँ  : सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।


भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । त्यस्तै नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

Kamana Sewa

आदेशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमनमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । त्यस्तो परीक्षणमा पोजेटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्नेछ । अध्यागमनमा परीक्षण हुन नसके होटेलमा कोभिड–१९ को परीक्षण गरेर नेगेटिभ आएपछि मात्र होटलबाट बाहिर जान पाउनेछन् ।

Classic Tech Desktop

प्रतिकृया