• १ असोज २०८३, बिहीबार
  • ७ः३० बेलुका

सस्तो डिलमा सामान किन्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०८:०४

८ असोज, २०७८ काठमाडौँ : नेपालीहरुको महान चाड वडा दसौंंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न छुटसहितको ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ। बैंकले अनलाइन सपिङपोर्टल सस्तो डिलसँगको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको हो।

National Life

उक्त योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकका निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बरालले जानकारी दिए। उनका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्ट कम फस्ट सर्भको आधारमा छुट प्रदान गरिने छ। यो योजना असोज १० देखि १५ गतेसम्म लागू हुने प्रमुख बरालले जानकारी दिए।


सानिमा बैंकको देशभर सातै प्रदेशमा गरी १०५ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्। साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया