• २ भदौ २०८३, बुधबार
  • २:२४ बिहान

असार १५ गते सार्वजनिक बिदा

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १२:१६

असार १५ गते सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार जिप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथ गाउँकार्यपालिकाको आकष्मिक बैठक बसेर असार १५ गतेका दिन शोक सभासहित गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालय तथा सरकारी कार्यलय १ दिनको लागि बन्द गर्ने निर्णय गरेको हो ।

Kamana Sewa

गाउँपालिका अध्यक्ष कर्ण बाहादुर रावलको अध्यक्षतामा बसेको बैठकले कर्णालीमा खसेको २ दिन भई सकेको र बेपत्ता सबैको मृत्यु भईसकेको भन्दै उक्त निर्णय गरेको हो । दुर्घटनाले गाउँपालिका शोकमा डुबेको छ ।

Classic Tech Desktop

निर्माण व्यवसायीहरुको डोजर वल्डिङ गर्ने गएका मिस्त्री राजु श्रेष्ठसँगै एकजना कुक पनि भएको पुष्टि भएपछि बेपत्ता हुनेको संख्या ११ पुगेको बताइएको छ ।

उक्त बैठकले खार्पुनाथ गाउँकार्यपालिकाले १३ दिन सम्म कुनै पनि औपचारीक कार्यक्रम नगर्ने र मृतक १० जनाकै परिवारलाई क्रिया खर्चवापत दशहजार रकम दिने घोषणा गरेको छ ।

 

प्रतिकृया