• ८ असोज २०८३, बिहीबार
  • ७ः४१ बिहान

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार १२:१८

२६ साउन,२०७८ काठमाडौँ : आज मंगलबार विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ५२ पैसा र विक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।

National Life

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ३१ पैसा र विक्रीदर १४० रुपैयाँ ०२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५८ पैसा र विक्रीदर १६५ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र विक्रीदर १२९ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०२ पैसा र विक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४८ पैसा र विक्रीदर ९४ रुपैयाँ ९५ पैसा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७६ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।


यता, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६० र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिकृया