• ५ साउन २०८३, मंगलबार
  • ६:०३ बेलुका

देउवा र राष्ट्रसंघीय प्रतिनिधिबीच विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने तयारीबारे छलफल

प्रकाशित मिति

२०७८ श्रावण २१ गते, बिहीबार ०६:४८

२१ साउन, २०७८ काठमाडौँ : अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने तयारीबारे प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघकी नेपाल निर्देशक सारा न्यान्तीबीच आज भेटवार्ता भएको छ । राष्ट्रसंघको नेपाल कार्यालयका अनुसार भेटमा एलडीसी स्तरोन्नतीबारे छलफल भएको थियो ।


साथै दिगो विकास लक्ष्य, कोभिड-१९ महामारी रोकथामका लागि सरकारको कार्य तथा सरकार र राष्ट्रसंघको समझदारीलाई बलियो बनाउने बारे छलफल भएको थियो । जवाफमा प्रम देउवाले सरकार चैतसम्म नागरिकलाई खोप लगाउने कार्यमा जुटेको र महामारी रोकथाम प्रमुख प्राथमिकतामा रहेको बताएका थिए ।

Kamana Sewa

प्रतिकृया