• १९ भदौ २०८३, शुक्रबार
  • ४ः५७ बेलुका

पाटन अस्पतालमा गैर–विज्ञाा सेवा

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०९:०३

दिन–प्रतिदिन बिरामीहरुको उपचारमा लापरवाही, बिरामीको अंगभंग र मृत्युसमेत भयो भन्ने घटना बढी रहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको व्यहोरा बाहिर आएको छ । नेपाल डेन्टल एशोसियसनले पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ओदान लगायतका निकायमा उजुरी दिएको छ ।

एशोसियसनले जेठ ३० गते दर्ता गरेको उजुरीमा –देशको प्रतिष्ठिन स्वास्थ्य संस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्योडन्टिक्स तथा डेनटोफेसिय अर्थोपेडिक विभागमा गैर–चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराई सेवाग्राही बिरामीको आधारभूत अधिकारको समेत हनन हुनेगरी ठगी काम भैरहेको देखिएकोले कारबाही गरिपाऊँ ।

Kamana Sewa

उजुरीमा भनिएको छ, देशमा कुचिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै कमजोर र चुनौतीपूर्ण भएको अवस्थामा, यस्ता बदमासीप्रति मौन बस्न मिल्दैन, सेवाग्राहीको हकहित र इमान्दार पेशाकर्मीलाई समेत लाग्ने आक्षेपबाट बचाउन तत्काल कारबाही आवश्यक छ ।
नेपाल समाचारपत्रबाट साभार

Classic Tech Desktop

प्रतिकृया