• १९ भदौ २०८३, शुक्रबार
  • ३ः५९ दिउँसो

भक्तपुर सानोथिमीमा एक ब्यक्ति मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०९:०२

 

भक्तपुर । भक्तपुरमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । हुम्ला घर भई हाल भक्तपुर मध्यपुरथिमी नगरपालिका सानोथिमी, मगर गाँउ स्थित रामबहादुर थापा मगरको घरमा बस्दै आएका १९ बर्षीय बिरबहादुर बैमि सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । बेलुका खाना खाएर सुतेको र बिहान निजको आफन्त ले ढोका खोल्दा मृत अवस्थामा फेला पारेको हो । उनी लोकसेवाको तयारीमा रहेको आफन्तको भनाई छ ।

Kamana Sewa

उक्त घटना थाहा पाए पछि वडा अध्यक्ष , नेपाल प्रहरी , स्थानीय, बुद्दिजिवि आदिको सहायतामा टिचिङ्ग अस्पताल प्ुरयाएको थियो । राति सुत्ने बेलामा लामखुट्टे मार्ने धुप बालेर सुतेकाले अक्सिजन कम मात्रामा पाएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया