बुद्ध एयरले सुरु गर्यो नेपालगञ्ज–पोखरा उडान
प्रकाशित मिति
२०७८ श्रावण १७ गते, आईतवार १२:५८
१७ साउन,२०७८ काठमाडौँ : बुद्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सुरु गरेको छ । आइतबार बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो ।
बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ । बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ ।
आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा गएका छन् । पोखरा जान थालेका यात्रुलाई नेपालगञ्जमा पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठलगायतले स्वागत तथा विदाई गरेका थिए ।
यसअघि नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) बाँके र नाटा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट फाल्गुन ७ गतेदेखि शुक्रबार र आइतबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज चार्टर उडान भएको थियो ।







प्रतिकृया