• १ असोज २०८३, बिहीबार
  • २ः२४ दिउँसो

‘तिम्रो मायाले बाधेर राख ’ मा साइमन र सरिता

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०१:०५

गौरब निरौला ,

National Life

काठमाडौँ । हाल र्चचा मा रहेकी गायीका अस्मिता अधिकारीको आवाज रहेको गित “तिम्रो मायाले बाधेर राख” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

प्रेम र रोमान्सलाई समेटिएको गीतको भिडियोमा युवा पुस्तामा निकै रुचाइएको मोडल तथा निर्माता साइमन थापा र सरिता मिक्चनको फिचरिङ रहेको छ । साइमन पहिला देखि नै नेपाली गीत संगीतमा राम्रो मोडलको रुपमा स्थापित छन । यस म्युजिक भिडियो मा साइमन र सरिता को निकै मजासिलो ढंगले नृत्य उतारिएको छ । भिडियोमा माया गर्ने दुई प्रेमी प्रेमिका बिच आउने रमाइला क्षणहरुलाई देखाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस रमाइलो म्युजिक भिडियोको निर्देशन लक्षु गौतमले गरेकी छिन । प्रत्येकको जिन्दगीमा हुने प्रेम कहानी नै म्युजिक भिडियो को मुख्य विषय भएकाले यस भिडियो सबैलाई मनपर्ने निर्देशक गौतमको विश्वास छ ।

रवि मल्लको शब्द तथा बिराट कडरियाको संगीत संयोजन रहेको गित अहिले चर्चामा रहेको छ । यस कभर म्युजिक भिडियोलाइ एलेन मगरले छायंकन तथा सम्पादन गरेका छन भने ड्रोन खेम शरु मगर ले चलाएका छन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=_RcBzUnB4xk

प्रतिकृया