• ३ भदौ २०८३, बिहीबार
  • २:३९ बिहान

अमेरिकातर्फ हिँडेका २४ जना अवैध व्यक्तिहरु पक्राउ

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०३:५७

मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध व्यक्तिहरु पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको  बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

Kamana Sewa

प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा ६ जना महिना र एक जना बच्चा पनि रहेको जानकारी दिए । पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।

Classic Tech Desktop

उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ ।

प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ ।

 

प्रतिकृया