• ३२ साउन २०८३, सोमबार
  • ११:५७ बेलुका

कक्षा १ मा नयाँ पाठ्यक्रम परीक्षण

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०१:२२

पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका १ सय ३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको समाचार आजको कान्तिपुरले तेस्रो पृष्ठमा छापेको छ ।

हाल २०६३ सालमा परिमार्जित पाठ्यक्रमका आधारमा विद्यालयहरूमा पठनपाठन हुँदै आएको छ ।

Kamana Sewa

समाचारमा लेखिएको छ, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले स्वीकृत गरेको विद्यालय तह १–१२ को राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार १८ जिल्लाका विद्यालयमा परीक्षण थालेको हो ।

Classic Tech Desktop

चालू शैक्षिक सत्रमा परीक्षण गरेर आगामी वर्षदेखि देशभरका विद्यालयमा लागु गरिने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए ।

 

प्रतिकृया