• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित पक्राउ

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०१:१८

सिराहा नगरपालिका-१६ बाट सोही नगरपालिका-२१ बस्ने २५ वर्षीय कैलाश कुमार यादव र सोही नगरपालिका-१३ बस्ने २८ वर्षीय अभासकर कुमार यादवलाई कस्तुरीको बिणा जस्तो देखिने वस्तु १२ ग्राम सहित शनिबार साझँ प्रहरीले पक्राउ गरेको ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले माडरबाट सिराहातर्फ आउँदै गरेको ना.२२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गर्ने क्रममा कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kamana Sewa

प्रतिकृया