• ११ असोज २०८३, आइतबार
  • १२ः०७ दिउँसो

स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ०६:४०

रुपन्देही : स्रोत नखुलेको नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकाबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवा बस्ने ३५ वर्षका सुरज गौण छन् ।

National Life

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार सिद्धार्थनगर नगरपालिका –१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।


डीएसपी थापाका अनुसार विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर रोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला परेको हो । अहिले प्रहरीले थप अनुसन्धाका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया