• १२ असोज २०८३, सोमबार
  • ४ः३५ बेलुका

एमालेमा आयोजक कमिटीको कुनै वैधता छैनः गोकर्ण विष्ट

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार १२:१५

काठमाडौँ : दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ ।

National Life

‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् । वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।


तर आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया