• ४ साउन २०८३, सोमबार
  • ३:५३ बिहान

आफ्नै पिसाव पिउँदा स्वास्थ्य समस्याबाट मुक्त भएको एक महिलाको दाबी

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ११:५३

गौरब ।
आफ्नै पिसाव पिउने कुरा आफैमा आश्चर्यजनक विषय हो । कतिपयले यसलाई सोच्दा समेत सोच्न सक्दैनन् । तर कतिपय मानिसहरुले भने आफ्नो पिसाब पिउँदा स्वाथ्य लाभ हुने दाबी गर्छन् । त्यस्तै मध्यकी एक हुन केन्ट नेविङकी ३३ वर्षिया शिक्षिका केली ओकली । उनी आफ्नो पिसाब पिउँदा लामो स्वास्थ्य समस्याबाट मुक्त भएको दाबी गर्छिन् ।

उनी लामो समयदेखि थाइराइड र दुखाइबाट पिडित थिइन, पिसाब पिउन थालेपछि भने दुवै समस्याबाट छुटकारा मिलेको उनको दाबी छ ।
उनले दुई वर्ष पहिले एपिएफसँग आफ्ने पिसाब पिउन सुरु गरेको बताएकी थिइन् । कतिपय मानिस यसलाई यूरीन थेरापी पनि भन्छन्, कतिपय भने यसलाई यूरोफिया भन्नेगर्छन् ।

Kamana Sewa

उनी भन्छिन, मैले सुनेकी थिएँ, यसले प्रतिरक्षा प्रणालीलाई पुनः स्थापित गर्छ, स्वास्थ्य समस्याका लागि फाइदा जनक हुन्छ र छालाका लागि पनि राम्रो हुन्छ, त्यसैले मैले पनि यसलाई अबलम्बन गरेँ ।

Classic Tech Desktop

उनी पिसाब पिउने मात्र होइन, यसलाई सुती कपडामा भिजाएर आफ्नो अनुहारमा पनि लगाउँछिन्, यसले उनको अनुहारमा चम्किलोपन ल्याएको उनको दाबी छ ।

गत साता अलबर्टा क्यानडाकी ४६ वर्षीया लीह स्याप्सनले दि सन सँग भनेकी थिइन, पिसाब पिउँदा तौल घटाउन सहयोग पुग्यो । उनको तौल १२० किलो थियो, पिसाबले उनको तौल घटाउन मद्दत गर्छ भन्ने थाहा पाउँदा उनलाई आश्चर्य लागेको थियो ।

उनी भन्छिन, मेरो साथीले यूरीन थेरापीका बारेमा एउटा यूट्युब लिंक पठाएको थियो, त्यसपछि मैले आफ्नो पिसाब पिउन थालेँ । उनी आजभोली बिहान आफ्नो पिसाब पिउनुका साथै ब्रुस गरेपछि पिसाले नै मुख कुल्ला गर्ने गर्थिन् । तर डाक्टरहरु भने पिसाबको प्रयोग गर्न सुझाव दिँदैनन् ।

पोर्चुगलमा बस्ने ३९ वर्षीय फेथ क्यान्टर केही दिन पहिले पिसाब पिउन सुरु गरेको बताएकी थिइन् । उनलाई एक दिन लामखुट्टे टोक्यो, यसले उनको शरीरमा एलर्जी भयो । यसले गर्दा उनको आँखा सुन्नियो । त्यसपछि उनले आफ्नो पिसाब पिउन सुरु गरिन् । सुरुमा उनलाई यो प्रक्रिया केही अप्ठेरो लाग्यो । तर तीन दिन पछि उनको आँखा ठिक भयो । फेथ भन्छिन, त्यसपछि मैले हरेक दिन बिहान पिसाब पिउन सुरु गरेँ । अहिले मलाई पहिलेको तुलनामा कम मात्रमा लामखुट्टेले टोक्छन् । अहिले मलाई कुनै पनि किराले टोकेमा सुन्निने वा चिलाउने समस्या हुँदैन ।

यूरीन थेरापीबाट धेरै मानिसले फाइदा भएको बताएपनि डाक्टरहरुले भने यो स्वास्थ्यका लागि अनुकुल नहुने दाबी गर्छन् । पिसाब शरीरबाट निस्कने बिकार पदार्थ भएकाले यसले स्वास्थ्यमा फाइदा नगर्ने उनीहरुको दाबी छ ।

डाक्टर जुबेर अहमदले बीबीसीसँग भनेका छन, सामान्यतया पिसाब जीवाणु रहित हुन्छ भन्ने मान्यता छ तर यो सबै अवस्थाम त्यस्तो नहुने उनको तर्क छ । पिसाब शरीरले बाहिर निकाल्ने विषाक्त पदार्थ भएको उनको दाबी छ । यसैगरी भारतका पूर्ब प्रधानमन्त्री मोरारजी देशाईं पनि स्व मूत्रपान गर्ने र्गदथे ।

प्रतिकृया