• ११ असोज २०८३, आइतबार
  • १२ः३६ दिउँसो

ओलीको भ्याकेट निवेदन: अन्तरिम आदेशका लागि दुवै पक्ष झिकाउन आदेश

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०३:१५

काठमाडौँ : सर्वोच्च अदालते नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको छ । यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो ।

National Life

पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।


एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए । अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया